२५ जेठ २०८३, सोमबार

उत्कृष्ट सहकारी पुरस्कृत

उत्कृष्ट सहकारी पुरस्कृत

राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक  सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।     

बेल चौतारा सहकारीका अध्यक्ष हिमकुमार श्रेष्ठ र समृद्धि सहकारीका उपाध्यक्ष कृष्ण बहादुर भुजेललाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमा कुमारी जिसी९अञ्जु०, राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, बैङ्कका दमौली शाखा समन्वय उपसमितिका संयोजक अमर बहादुर कुंवर लगायतले पुरस्कृत गरे ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको समृद्धिका लागि सहकारीहरुसँगको सहकार्यमा जोड दिइएको बताए । सहकारी आम समुदायलाई आर्थिक रुपमा सबल बनाउने र सामाजिक रुपमा सक्षम बनाउने अभियान भएको भन्दै न्यौपानेले स्थानीय तह र सहकारी मिलेर समुदायमा आर्थिक सामाजिक गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमा कुमारी जिसी ९अञ्जु० ले सहकारीमार्फत समुदायको आर्थिक विकासका लागि सहकारी ऐन नियमको प्रभावकारी कार्यान्वयनसँगै समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्