०५ साउन २०८३, मंगलबार

५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने

५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने
फाइल तस्‍वीर

पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

सरकारलले सार्वजनिक खरिद नियामवली २०६४, मा १२औं संशोधन गर्दै पहिलो चरणको बोलपत्र आह्वानमा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको हो ।

यसअघि ३ अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनाको पहिलो चरणको बोलपत्रमा स्वदेशी कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो ।

निर्माण व्यवसायीहरूले नियामवलीको ११औं संशोधनमा गरिएको व्यवस्था व्यवसायीको हितमा नभएको भन्दै विरोध गरेका थिए ।

११औं संशोधनमा त्यसअघि १० वर्षभित्रको अनुभवको व्यवस्थालाई हटाएर ५ वर्ष कायम गरिएकोमा १२औं संशोधनले भने पुरानै १० वर्षे अनुभवको व्यवस्थालाई निरन्तरता दिएको छ ।

त्यसैगरी, नियामवलीमा दुई करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको खरिद कार्य भएमा लागत अनुमानको कम्तीमा ४० प्रतिशत रकम बराबरको एउटा ठेक्का पाउने व्यवस्था गरेको छ । साथै, ५ करोड रुपैयाँभन्दा बढीको खरिद कार्य भएमा लागत अनुमानको कम्तीमा ६० प्रतिशत रकम बराबरको आयोजनाको ठेक्का पाउने व्यवस्था गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्