०९ असार २०८३, मंगलबार

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने धामी पक्राउ

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने धामी पक्राउ

एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले संखुवासभाबाट एक जना धामीलाई पक्राउ गरेको छ। ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो। उनले गाउँमा धामी झाक्रीको काम पनि गर्दै आएका थिए। 

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई उनले कुटपिट गरेका थिए। ती महिलालाई कार्कीले कुटपिट गरी घाइते बनाएको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी चौकी मुढे शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कार्कीले कुटपिट गरेपछि घाइते भएकी ती महिलाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्