०६ साउन २०८३, बुधबार

यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने लामा पक्राउ

यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने लामा पक्राउ

नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ लामाले अश्लील सामग्री यूट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्