×

NIC ASIA

फुटपाथ पसले हटाउने विषयमा बालेनको पक्षमा उभियो नेवाः जागरण

असार २१, २०७९

Prabhu Bank
NTC
Premier Steels


फुटपाथ पसले हटाउने विवादका सन्दर्भमा नेवाः जागरण मञ्चले मेयर बालेन शाहलाई समर्थन गरेको छ । काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने शाहको अभियानको मञ्चले स्वागत गरेको हो ।  मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको छ । 

Muktinath Bank

‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ अभियान सञ्चालन गरेको छ, त्यसलाई हामी समर्थन गर्दछौँ र यसलाई कमजोर पार्ने कोणबाट आइरहेका अभिव्यक्तिहरूको हामी विरोध गर्दछौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकपेटी बजार हटाउने अभियानको समर्थनमा नेवाः जागरण मञ्चको वक्तव्य
सडकपेटी बजारको समस्या काठमाडौँ महानगरपालिकामा दीर्घ र जीर्ण रोगको समस्याको रूपमा उभिएर रहेको छ । विगतका समयमा प्रत्येक स्थानीय निर्वाचन पछि आउने महानगर नेतृत्वले पहलकदमी लिएर यसलाई हटाउनका लागि जोडतोडले लाग्ने गरे पनि पछि ज्यूँका त्युँ समस्या विद्यमान हुने अनुभव काठमाडौँबासी जनताले बटुलेका छन् । तत्कालीन मेयर पीएल सिंहको पालाका महानगर प्रहरीको व्यवस्था भएता पनि यसको स्थायी समाधान हुनका साटो मुसो बिरालाको खेल मात्र चल्ने गरेको अनुभव पनि काठमाडौँबासीले गर्दै आएका छन् । तत्कालीन मेयर सिंहकै पालामा कामपा १२ वडाको ह्यूमत क्षेत्रमा विकल्प दिने प्रयास पनि असफल भयो भने उहाँको नै पालामा तत्कालीन उपमेयर नवीन्द्रराज जोशीको पहलमा टुँडिखेल खुला मञ्चमा रहेको अव्यवस्थित खुला पसलहरूलाई भृकुटी मण्डपमा स्थान उपलब्ध गराए पनि यसले समाधान नभई अर्को समस्या मात्र थप्ने काम भयो । 
यसर्थ नगरको शोभा घटाउने, बटुवा र अन्य सवारीका साधनलाई पनि असुविधा पार्ने यस समस्याको दीर्घकालीन र स्थायी समाधान गरिनुपर्ने आजको आवश्यकता बनेको छ । रोजगारीको अवसरको खोजीमा आउने मुलुकका विभिन्न क्षेत्रका  जनताका लागि अरु उपाय नलागे पछि फुटपाथमा पसल थाप्नु एक सजिलो उपाय हुन आयो, महानगरका लागि भारको रूपमा देखिन आयो । यसर्थ निर्ममता पूर्वक या कुनै मोलाहिजा बिना लगातार लागेर मात्र यसको समाधान गरिनुपर्छ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ । हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ अभियान सञ्चालन गरेको छ, त्यसलाई हामी समर्थन गर्दछौँ र यसलाई कमजोर पार्ने कोणबाट आइरहेका अभिव्यक्तिहरूको हामी विरोध गर्दछौँ । यस अभियानलाई समर्थन गरिदिन हुनका साथै आवश्यक परेमा सडकमा उत्रन तयार हुन समेत काठमाडौँका स्थानीय वासिन्दामा हामी हार्दिक अपिल गर्दछौँ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x