२३ असार २०८३, मंगलबार

आज यी ९ जिल्ला आसपास भई बहने नदीहरूमा बहाव बढ्ने

आज यी ९ जिल्ला आसपास भई बहने नदीहरूमा बहाव बढ्ने

बुधवार ठूला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागको बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन प्रकाशित गर्दै कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती लगायतका नदीहरूमा आज बिहान गरिएको मापन अनुसार बहाव सतर्कता तहभन्दा तलै रहेको बताएको हो ।

आज दोलखा, सिन्धुपाल्चोक, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्ने अनुमान गरेको छ ।

केही नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्