
बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्ने आरोप सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भएका छन् ।
सभामुख अग्नि सापकोटाको कार्यकक्षमा बुधवार भएको छलफलपछि आरोप सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने तयारी भएको हो ।
समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट दुई–दुई तथा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना सदस्य रहने छन् ।
समितिलाई १५ दिनको समय दिन प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले समितिमा रहने सदस्यको नाम सुनाउने छन् ।
संसदीय छानबिन समिति गठनको गृहकार्यपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सूचनामार्फत् स्थगित गरिएको छ । २ बजे बस्ने भनिएको बैठक साढे ३ बजेसम्म शुरू भएको छैन ।