×

NMB BANK
NIC ASIA

पश्चिम नवलपरासीमा बढ्यो चिनी तस्करी

असार २२, २०७९

NTC
Premier Steels

पश्चिम नवलपरासीका भारतीय सीमा नाकाबाट चिनी तस्करी बढेको छ । 

Muktinath Bank

विगत केही दिनदेखि तस्करी बढे पनि त्यसको नियन्त्रणमा भने प्रहरीले बेवास्ता गरेको गुनासो बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमा क्षेत्रमा प्रहरीका युनिटहरू छन् । तर, तस्करीको चिनी भने सहज रुपमा भित्रिने गरेको हो । 


Advertisment
Nabil box
Kumari

भन्सार छलेर भारतबाट ल्याइने चिनी दैनिक १० देखि १२ ट्रक नवलपरासी हुँदै चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख शहरहरूमा पठाउने गरिएको स्रोतले जनाएको छ । 

Vianet communication

रातको समयमा मात्र नभई दिउँसै पनि चिनीको तस्करी बढेको स्थानीय बताउँछन् । सीमा नाका हुँदै भित्रिने तस्करीको चिनीलाई पश्चिम नवलपरासी प्रहरीले बरामद गर्न वास्ता नगरेपछि ती चिनीहरू पूर्वी नवलपरासी प्रहरीले धमाधम बरामद गर्न थालेको हो । चिनी तस्करीबारे पश्चिम नवलपरासी प्रहरी बेखबर जस्तै बनेको छ । 

दुई साताको अवधिमा ५० टन तस्करीको चिनी बरामद गरी कार्यालयमा बुझाइएको महेशपुर भन्सार कार्यालयका नायब सुब्बा जीवन पन्थीले बताए । बरामद चिनीको सरकारी मूल्य प्रतिकिलो ६० रूपैयाँका दरले कुल ३० लाख कायम गरिएको छ । 

भन्सार कार्यालयमा बुझाइएका चिनीमध्ये तीन टन भन्सार कार्यालयका कर्मचारीले बरामद गरेका हुन् । बाँकी ४७ टन चिनी पूर्वी नवलपरासी प्रहरीले बरामद गरेर बुझाएको हो । 

पश्चिम नवलपरासी नाका हुँदै दुई वटा ट्रकमा गएको चिनीलाई पूर्वी नवलपरासी प्रहरीले गत जेठ २७ र असार ६ गते बरामद गरेर भन्सारमा बुझाएको थियो । तीव्र रुपमा भइरहेको तस्करीको यो समयमा पश्चिम नवलपरासी प्रहरीले भने चिनी बरामद गरेर बुझाएको रेकर्ड नरहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयमा बरामद चिनीको विवरणअनुसार पनि पश्चिम नवलपरासीमा प्रहरीकै मिलेमतोमा चिनी तस्करी हुने गरेको बुझ्न गाह्रो छैन । 

सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयका इञ्चार्जहरूले जिल्लादेखि प्रदेश प्रहरीसम्म रकम बुझाउनुपर्ने भन्दै तस्करहरूसँग मोटो रकम लिएर चिनी तस्करी गर्न दिएको आरोप छ । पछिल्लो पटक चिनी तस्करी कार्य बढेपछि भन्सार कार्यालयले पनि छुट्टै कर्मचारी खटाएर गस्ती बढाएको भन्सार कार्यालयका नायब सुब्बा पन्थीले बताए । 

जिल्लाको भूजहवा, बसैया, झोलिनीपुर, गेर्मी, महेशपुरलगायतका नाकाबाट चिनी तस्करी बढेको हो । तस्करहरूले दसगजा नजिक चिनी ल्याएर राख्ने र त्यहाँबाट पिकअप भ्यानमा लोड गरी बर्दघाट, सेमरी र हरकट्टामा लगेर ट्रकमार्फत पठाउने गरेको स्रोतको दाबी छ । 

भारतमा प्रतिकिलो ५० रूपैयाँमा नेपालीमा पाइने चिनी नेपाल पुर्‍याएपछि ८० देखि ९० सम्म बिक्री हुने भएपछि चिनी तस्करी कार्य बढेको हो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका उपरीक्षक (एसपी) ऋषिराम कँडेलले भने तस्करी रोक्न गस्ती गरिएको दाबी गरेका छन् । तस्करी बढेको गुनासो आएपछि सशस्त्र प्रहरीसँग मिलेर संयुक्त गस्ती थालिएको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x