२२ असार २०८३, सोमबार

फेरि पनि जनार्दन शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ- वर्षमान पुन

फेरि पनि जनार्दन शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ- वर्षमान पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले फेरि पनि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । 

अहिले तत्काल माओवादी केन्द्रबाट कोही पनि अर्थमन्त्री नबन्ने अर्थमन्त्रीमाथि छानबिन सकिएपछि उनी नै अर्थमन्त्री भएर आउने पुनले बताए । 

बुधवार संसद बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग पुनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए । 

अर्थमन्त्री शर्माले बुधवार संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका थिए । 

बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई पहुँच दिएर आफू निकटका व्यावसायिक घरानालाई फाइदा हुने गरी करको दरहरू हेरफेर गराएको आरोप अर्थमन्त्री शर्मालाई लागेको छ । 

शर्मामाथि छानबिनका लागि संसदीय समिति बनेपछि शर्माले छानबिनलाई सहयोग पुर्‍याउन भन्दै राजीनामा माग गरिएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा शर्माको राजीनामा मागेर संसद बहिष्कार गरेको थियो । 

संसदीय छानबिनको क्रममा शर्मा निर्दोष साबित हुने र उनी नै फेरि अर्थमन्त्रीको जिम्मेवारीमा आउने पुनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्