०१ साउन २०८३, शुक्रबार

सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

नाडाले सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

बुधवार नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई भेटेरै यस्तो माग गरेको हो । 

छलफलमा आयातमा लगाइएको प्रतिबन्ध हटाउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको नाडाले जनाएको छ । 

प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरूले अब नेपालमै विद्युतीय सवारी साधनहरूको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझाव समेत दिए ।  

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौँ वस्तुहरू मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरू मात्र यस्तो वस्तु भएको भन्दै यसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्‍याउने प्रधानमन्त्री देउवालाई जानकारी गराए । 

यस तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुने भन्दै यसै यथार्थताहरूलाई मनन गर्दै कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए । 

यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात शुरू हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गर्न आग्रह गरेका थिए ।

सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरू आकाश गोल्छा तथा कपिल सिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्