०९ असार २०८३, मंगलबार

काठमाडौँ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित

काठमाडौँ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित

काठमाडौँ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । कामपामा आज भएको नगरसभा ११औँ अधिवेशनको पाचौँँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।

 त्यसैगरी सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक, २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा कार्यक्रम पेश भएपछि यही असार २४ गते यसका विषयमा छलफल हुने बताइएको छ । 


प्रस्तावका विषयमा नगरसभा सदस्यहरु सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो । यही असार १७ गते सम्पन्न अधिवेशनको चौथो बैठकले संशोधनसहित आर्थिक विधेयक पारित गरिसकेको छ । 

यही असार १० गते सम्पन्न सभाको बैठकमा कामपा उपप्रमुख सुनिता डङ्गोलले आर्थिक वर्ष २०७९/०८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार  अनुमानित बजेट पेश गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्