१७ असार २०८३, बुधबार

अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी

असार २२, २०७९
अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी

 अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् । 

देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैजाको जस्तो देखिएपनि केही फरक भएको बताइएको छ ।   

जाबुलको तालिवान सरकारको स्वास्थ्य प्रमुख अब्दुल हाकिम हाकिमीले घटनास्थलमा स्वास्थ्य टोली पठाइ सकिएको जानकारी दिए । 

उनका अनुसार टोलीले बिरामीहरूको उपचार गर्नुका साथै रोगका बारेमा समेत अनुसन्धान गरी प्रतिवेदन दिनेछ । 

त्यही प्रदेशमा यसअघि हैजा पनि फैलिएको थियो । प्रारम्भिक विवरण अनुसार अहिले फैलिएको रोग हैजा भन्दा फरक देखिएकाले थप चिन्तित गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्