२८ जेठ २०८३, बिहीबार

बकर इदले सामाजिक सद्भाव सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

बकर इदले सामाजिक सद्भाव सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद–उल–अधा(बकर–इद)को अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

आज शुभकामना सन्देश दिँदै उनले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अधा (बकर–इद)को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रतिले विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताए। 

उनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्