२८ जेठ २०८३, बिहीबार

प्रोटोनले ल्यायो एक्सचेन्ज अफर, के-के पाइन्छ सुविधा?

प्रोटोनले ल्यायो एक्सचेन्ज अफर, के-के पाइन्छ सुविधा?

नेपालका लागि प्रोटोन मोटर्सको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले 'मनसुन एक्सचेन्ज अफर' ल्याएको छ। 

यही असार २३ गते गैरीधारास्थित शोरूममा आयोजित कार्यक्रममा कम्पनीले यो अफर घोषणा गरेको हो।

यो एक्सचेन्ज क्याम्प असार २३ देखि असार २७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गतका सुविधाहरू ग्राहकले प्रोटोनको गैरीधारास्थित शोरूमबाट पाउने छन्। 

ग्राहकले स्पट एक्सचेन्ज, पुराना सवारी साधनको तत्काल मूल्यांकन, २० प्रतिशत डाउनपेमेन्ट, एक्सचेन्ज बोनस, निःशुल्क बीमा र एक वर्षका लागि निःशुल्क सडक करजस्ता सुविधा यो योजनामा पाउने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार ग्राहकले टेस्ट-ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सक्ने छन्।

जगदम्बा मोटर्सले सन् २०२० देखि प्रोटोन गाडी बिक्री गर्दै आइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्