१५ असार २०८३, सोमबार

संस्कृति मन्त्रालयले गर्‍यो ४३ जना स्रष्टा र सर्जकलाई सम्मान

संस्कृति मन्त्रालयले गर्‍यो ४३ जना स्रष्टा र सर्जकलाई सम्मान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका ४३ जना श्रष्टा र सर्जकहरूलाई सम्मानित गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतवार आयोजित कार्यक्रममा स्रष्टा तथा सर्जकहरूलाई पुरस्कृत गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उनीहरूलाई नगद पुरस्कारसहित सम्मानित गरे । 

कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । 

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरूमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुंगेल र हेम पौडेल छन् । प्रादेशिक प्रतिभा पुरस्कारबाट यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायतलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । 

महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो । 

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरीलाई सम्मानित गरिएको थियो भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर तथा भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मानित गरिएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्