१० साउन २०८३, आइतबार

ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी

असार २६, २०७९
ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी

मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गरेका छन् । मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैंद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ ।

    धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक ईद अल–अदामा कैदीहरूलाई क्षमा दिने परम्परा रहेको छ ।  क्षमा सूचीमा भएका अधिकांश कैंदीहरूको कैद सजाय घटाइएको वा पूर्णतया खारेज गरिएको छ भने तिनीहरूमध्ये केहीको जरिवाना घटाइएको वा मिनाहा गरिएको छ । 

    आतङ्कवाद र आतङ्कवादसम्बन्धी घटनामा दोषी ठहरिएका ११ जना कंैदीहरूसमेत सजाय माफी पाउने सूचीमा रहेको बताइएको छ । उनीहरूले आतङ्ककारीहरूलाई पुनः स्थापना गर्न मोरोक्को सरकारले सुरु गरेको पहलमा भाग लिएको उल्लेख गरिएको छ ।

    यी ११ जना कैदीहरूले सबै प्रकारका कट्टरपन्थी र आतङ्कवादलाई आधिकारिक तवरमा अस्वीकार गरेको घोषणा गरेका पनि वक्तब्यमा बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्