
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले महामन्त्री भुवन पाठक प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागलाई आइतबार पूर्णता दिएका छन् ।
अध्यक्ष लिङदेनले प्रवक्ता सगुन सुन्दर लावतीलाई विभागको सदस्य सचिव मनोनयन गरेका छन् ।
प्रवक्ता लावतीले जानकारी गराए अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यहरुमा शोभित उप्रेती, प्रेक्षा मल्ल, लोकनाथ तिवारी, अन्जना चाकुवजी शाह, रोजेश रिजाल, अरुणा ज्ञवाली र विमल प्रताप शाहलाई मनोनयन गरिएको छ ।
यसैगरी पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रेम श्रेष्ठ विभागको आमन्त्रित सदस्य रहने निर्णय गरिएको छ ।