२९ जेठ २०८३, शुक्रबार

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि शुरू हुँदैछ ।

दुई बैंक मर्जर पछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ ।

अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ ।

त्यसैले साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आज (असार २७ गते)देखि एकीकृत रुपमा नबिल बैंकको नामबाट शुरू हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।

यही असार १५ गते राष्ट्र बैंकको सञ्चालक समितिले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

स्वाप रेसियो १००ः४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको हो।

अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै शेयर हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्