०५ साउन २०८३, मंगलबार

सांसदको प्रस्ताव- नेपाललाई श्रीलंका बन्न नदिन केन्द्रमा ६ वटा मात्र मन्त्री राखौं !

सांसदको प्रस्ताव- नेपाललाई श्रीलंका बन्न नदिन केन्द्रमा ६ वटा मात्र मन्त्री राखौं !

सत्तारुढ दल जनता समाजवादी पार्टीकी सांसद लीला सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान प्रस्ताव गरेकी छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सिटौलाले देशलाई श्रीलंकाको बाटोमा जान नदिन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने बताएकी हुन् । 

‘परिवारवादका कारण श्रीलंका टाट पल्टियो, रुपमा फरक देखिए पनि नेपालका ठूला दलमा सारमा परिवारवाद देखिएको छ,’ सिटौलाले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको लागि छलफल गरौं । सांसदको सीट संख्या घटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं ।’

सिटौलाले केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा, अर्थ लगायत ६ वटा मन्त्रालय राखेर बाँकीलाई प्रदेशमा गाभ्न सुझाव दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्