०१ असार २०८३, सोमबार
भक्तपुर नगरकोट सडकको बेहाल

प्रचण्डको घरबेटी ठेकेदारलाई दबाब दिन नगरकोटका वडाध्यक्षले गरे सडकबाटै काम

प्रचण्डको घरबेटी ठेकेदारलाई दबाब दिन नगरकोटका वडाध्यक्षले गरे सडकबाटै काम

भक्तपुरको नगरकोट–कमलविनायक सडकको निर्माण शुरू भएको ६ वर्षभन्दा बढी हुँदासमेत सम्पन्न नभएको भन्दै नगरकोटका वडाध्यक्षले सडकबाटै कार्यालयको काम थालेका छन् । 

चाँगुनारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष धनबहादुर लामाले दबाबमूलक कार्यक्रम स्वरुप सडकबाटै कार्यालयको काम थालेका हुन् । 

यो सडकको निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसका सञ्चालक शारदा अधिकारी नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । 

प्रचण्डको आडमा ठेकेदार अधिकारीले मनोमानी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । 

पटक-पटक विरोध जनाउँदासमेत सडक निर्माण नभएपछि वडाध्यक्षको नेतृत्वमा दबाबमूलक कार्यक्रम गर्नुपरेको स्थानीयले बताएका छन् । उनीहरूले थप आन्दोलनका कार्यक्रमहरू गर्ने जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्