
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकतामा दलहरूले राजनीति गर्न नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले जन्मसिद्धका आधारमा नागरिकता पाएका आमाबुाका छोराछोरीलाई नागरिकता दिनुपर्ने बताए ।
‘नागरिकतामा हामीले राजनीति गर्नु हुँदैन, सबै राजनीतिक दल एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ । यो देश कस्तो भइसक्यो भने नागरिकतामा पनि हामी राजनीति गर्छाैं,’ उनले भने, ‘आमा र बुवा दुवै यो देशका जन्मसिद्ध नागरिक छन् तर उनका छोराछोरी नहुनु भनेको दुर्भाग्य हो । यसलाई छिटोभन्दा छिटो निर्क्यौल गर्नुपर्यो ।’