![‘प्रपञ्च’को गीत रिलिज, फिल्म दशैंमा आउने [भिडियो]](https://lktcdn2.prixacdn.net/media/prapancha_xBEnCWasC2.png)
असोज २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रपञ्च’को गीत रिलिज गरिएको छ ।
बीएस बलामी निर्देशित फिल्ममा समावेश ‘मुटुमा सास भर्ने आधार’बोलको गीत सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सुमन थापा र मेनुका माझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । फिल्मको गीत डीएआर मुभिजबाट सार्वजनिक गरिएको हो ।
शंकरलाल श्रेष्ठ र श्रद्धा दयालीको स्वर रहेको ‘मुटुमा सास भर्ने आधार’लाई दिनेश सुवेदीले लेखेका हुन् ।
सन्तोष प्रगाढको संगीत रहेको गीतको भिडियोमा तेञ्जु योञ्जनको कोरियोग्राफी हेर्न सकिन्छ । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’लाई बद्रि साह, अनिल गुप्ता र रवीराज आचार्यले निर्माण गरेका हुन् ।
शिवानी बलामी कार्यकारी निर्माता रहेको फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिंखडा, सिजन तिवारीलगायतका कलाकारहरूको पनि अभिनय छ ।
प्रकाश कुँवरको कथा रहेको फिल्ममा दिवस गुरुङको डीओपी, देव मर्हजनको द्वन्द्व निर्देशन, प्रविन ढकालको सम्पादन छ ।
गीत सार्वजनिक कार्यक्रममा निर्माण टिमले फरक खालको कथावस्तुमा फिल्म निर्माण गरिएको बताउँदै दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरे ।