१६ असार २०८३, मंगलबार

सशस्त्र प्रहरीका ५७ अधिकृतहरूलाई दर्ज्यानी प्रदान

सशस्त्र प्रहरीका ५७ अधिकृतहरूलाई दर्ज्यानी प्रदान

सशस्त्र प्रहरीमा हालै पदोन्नति भएका ५७ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमवार शसस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहमा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे । 

महानिरीक्षक अर्यालले व्यवसायिक जीवनमा पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरूमा क्रमैसँगले बढुवा गरिने बताए । खाली पदहरू सीमित रहँदा सबैलाई एकैपटक पदोन्नति गर्न नसकिए पनि क्रमिक ढंगले पदोन्नति गर्दै लगिने उनको भनाइ छ । 

महानिरीक्षक अर्यालले लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरूको वृत्ति विकासका लागि कार्यसम्पादन मूल्यांकन प्रणालीलाई वस्तुपरक र वैज्ञानिक बनाउँदै लग्ने प्रतिबद्धता जनाएका छन् । उनले संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद सिर्जना गर्नेतर्फ पहल भइरहेको जानकारी दिए । 

त्यस अवसरमा असार २४ गतेको गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पदोन्नति भएका प्रहरी उपरीक्षक दिनेश कुमार महतसहित सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाशपूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठलाई दर्ज्यानी चिह्न वितरण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्