३२ असार २०८३, बिहीबार

चीनलाई पछि पार्दै विश्वकै सर्वाधिक जनसंख्या भएको देश बन्दैछ भारत ?

असार २७, २०७९
चीनलाई पछि पार्दै विश्वकै सर्वाधिक जनसंख्या भएको देश बन्दैछ भारत ?

विश्व मानचित्रमा चीन र भारत सर्वाधिक जनसंख्या भएका दुई देश हुन् । यी दुवै देशमध्ये पनि चीनमा बढी जनसंख्या छ ।

संयुक्त राष्ट्र संघले विश्व जनसंख्या दिवसको अवसरमा सोमवार सार्वजनिक गरेको रिपोर्टअनुसार आगामी वर्ष भारत सर्वाधिक जनसंख्या भएको देश बन्नेछ । १ वर्षभित्रै चीनभन्दा भारतको जनसंख्या बढी हुने अनुमान गरिएको छ ।

सन् २०२२ को मध्यसम्म विश्वको जनसंख्या ८ अर्ब भएको अनुमान छ । एसिया महादेशको जनसंख्या ४.७ अर्ब अर्थात् विश्वको जनसंख्याको ६१% रहेको छ ।

हाल चीन १.४४ अर्ब जनसंख्याका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको भारतको जनसंख्या १.३९ अर्ब छ ।

विश्वको जनसंख्याको १९% चीनमा र र १८% भारतमा रहेका छन् । सन् २०२३ सम्म भारतको जनसंख्या बढेर चीनभन्दा बढी हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्