२८ जेठ २०८३, बिहीबार

युक्रेनमा युद्ध लडेका बेलायती सैनिकलाई मृत्युदण्ड दिने तयारी

असार ३०, २०७९
युक्रेनमा युद्ध लडेका बेलायती सैनिकलाई मृत्युदण्ड दिने तयारी

पूर्वी युक्रेनबाट छुट्टिएको घोषणा गरेको डोनेत्स्क जनगणतन्त्रले पक्राउ परेका दुई बेलायती सैनिकहरूलाई मृत्युदण्ड दिने तयारी गरेको छ । 

आइडन आस्लिन र शन पिन्नर युक्रेनी सेनामा भर्ती भई रुसविरुद्ध लडिरहेका थिए । उनीहरूलाई अप्रिल महिनामा रुसी सैनिकहरूले मरिउपोल नजिक पक्राउ गरेका थिए । 

डोनेत्स्कका अधिकारीहरूले बेलायती सैनिकहरूलाई झुण्ड्याउने ठाउँ खोजिरहेको बताएका छन् । 

ती बेलायतीहरूलाई सामूहिक गोली हानेर (फायरिङ स्क्वाडमार्फत) मृत्युदण्ड दिइने बताइएको छ । मृत्युदण्डको मिति घोषणा गरिने छैन ।

डोनेत्स्क जनगणतन्त्रका प्रवक्ता डेनिस पुशिलिनले बताए, ‘सबैथोक तयार छ । घटना सार्वजनिक गरिने छैन ।’

एक रुसी सांसदले मृत्युदण्ड दिन लागिएका बेलायतीहरूलाई बेलायती हतियारले नै मारिने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्