०४ असार २०८३, बिहीबार

विदेशमा अलपत्र परेकोहरूको उद्धार गर्न मधेशी आयोगको आग्रह

विदेशमा अलपत्र परेकोहरूको उद्धार गर्न मधेशी आयोगको आग्रह

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारीका लागि विभिन्न देश लगेर अलपत्र पारिएकाहरूको तत्काल उद्धार गर्न माग गरेका छन् । 

वैदेशिक रोजगारीका नाममा धेरैलाई विदेशी भूमीमा पुर्‍याई अलपत्र पारिएको भन्दै उनले तत्काल उद्धार गर्न परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग माग गरेका हुन् । मन्त्री खड्कासँग बिहीवार भएको भेटमा उनले वैदेशिक रोजगारीका नाममा ठगिनेमा धेरै मधेशी समुदायका युवा–युवती रहेको दाबी गरे । अलपत्र परेका युवायुवतीको उद्धार गरेर उनीहरूलाई न्याय दिलाउनुपर्ने अध्यक्ष डा. दत्तको आग्रह छ । 

डा.दत्तले आयोगमा वैदेशिक रोजगारसम्बन्धी विभिन्न किसिमको उजुरी आउने गरेको मन्त्री खड्कालाई जानकारी गराएका थिए । उनले त्यस्ता समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन गर्नुपर्ने आग्रह गरेका थिए । 

मन्त्री खड्काले आफू उक्त समस्याका बारेमा सचेत रहेको भन्दै पीडितलाई न्याय दिलाउन कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाएका थिए । उनले मन्त्रालय र आयोगबीच समस्या समाधानका लागि समन्वय हुनुपर्ने धारणा राखे । 
 

salt training

कमेन्ट गर्नुहोस्