
हैजाबाट संक्रमित कम्तीमा १८० जनालाई अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित मिर वाइस अस्पतालमा भर्ना गरिएको बिहीबार अस्पतालका एक चिकित्सकले बताएका छन् । चिकित्सक सोर्गुल नौजदीले भने, “यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन् ।”
यस रोगले पहिले छिमेकी हेलमन्ड प्रान्तमा २० जना केटाकेटीको मृत्यु भइसकेको नवजादीले बताए । हेलमण्ड प्रान्तको बाघरान जिल्लाको गाउँपालिकामा करिब १५० जनामा यो रोग लागेको स्थानीयले बताएका छन् ।
“मौसम धेरै गर्मी छ । हामीसँग स्वच्छ खानेपानी छैन र मलाई लाग्छ स्वच्छ पानीको अभाव हाम्रो क्षेत्रमा रोगको प्रकोपको कारण हुनसक्छ,” शाह वलिकोट जिल्लाका दोस्त मोहम्मदले भने ।