१२ साउन २०८३, मंगलबार

देशबाट भागेर माल्दिभ्स हुँदै सिगापुर पुगे गोटाबाय

असार ३०, २०७९
देशबाट भागेर माल्दिभ्स हुँदै सिगापुर पुगे गोटाबाय

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । 

मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आउएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर पुगेको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् । 

स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन्।  ​राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

उनको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँ उनी एक दिन त्यहाँ बसेर सिङ्गापुर पुगेका हुन् । उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्