
चिलीका मिडफिल्डर आर्टुरो भिडाल ब्राजिलियन क्लब फ्लामेन्गोमा अनुबन्धित भएका छन् ।
फ्लामेन्गोले बिहीवार मिडफिल्डर भिडाललाई अनुबन्ध गरिएको जनाएको छ ।
३५ वर्षीय मिडफिल्डरले फ्लामेन्गोसँग एक वर्षको सम्झौता गरेका छन् ।
ब्राजिलियन क्लबले भिडाललाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
इटालियन सिरी 'ए' क्लब इन्टर मिलानसँगको सम्झौता अन्त्य गर्दै उनी ब्राजिल लागेका हुन् ।