०८ साउन २०८३, शुक्रबार

भारतले धौलीगाडको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

भारतले धौलीगाडको  बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान
फाइल तस्वीर

जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी तटीय क्षेत्रमा शुक्रवार सर्तकता अपनाउन आग्रह गरेको छ ।

भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको हो  ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रवार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका छन्।

परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्