२५ असार २०८३, बिहीबार

गठबन्धन सरकारप्रति एमालेको मूल्यांकनः एक वर्ष समयको बर्बादी मात्रै

गठबन्धन सरकारप्रति एमालेको मूल्यांकनः एक वर्ष समयको बर्बादी मात्रै

नेकपा एमालेले पाँच दलीय गठबन्धनको सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ । 

शुक्रवार एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको बताएका हुन् । 

एमालेले पछिल्लो समय देखिएको बीए ५ भेरियन्टको असर र फैलावट तीव्र रहेको विज्ञले बताइरहँदा पनि सरकारले थप सतर्कता र पूर्वतयारीमा कुनै काम नगरेको आरोप लगाएको छ । 

यस्तै सेनिटरी प्याडमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशाही मात्रै होइन राष्ट्रघात पनि गरेको र सरकार नीतिगत भ्रष्टाचारमा संलग्न भएको प्रमाण पनि भएको एमालेको भनाइ छ । 

हेर्नुहोस् एमालेले गरेको गठबन्धन सरकारको एक वर्षको मूल्यांकन

salt training

कमेन्ट गर्नुहोस्