३२ असार २०८३, बिहीबार

टाटा सुमो काउण्टरबाट १० जना बिचौलिया पक्राउ

टाटा सुमो काउण्टरबाट १० जना बिचौलिया पक्राउ

प्रहरीले बल्खुको टाटा सुमो काउण्टरमा बसेर यात्रुलाई हैरानी दिने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउण्टरमा बसेर यात्रुलाई हैरानी दिने उनीहरूलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा सिन्धुली कमलामाई घर भई बल्खु बस्ने हरिबहादुर पाण्डे, नितिशजंग राणा, उदयपुरका सञ्जय तामाङ, भारतीय नागरिक राकेश कुमार श्रीवास्तव, कैलाली धनगढी–१६का राजु थापा, रौतहट चन्द्रनिगाहपुर–४ घर भई कीर्तिपुर बस्ने आकाश तामाङ, पर्सा वीरगञ्ज–१५ घर भई बल्खु बस्ने राजीवकुमार सिंह, सर्लाही लालबन्दी–४ का रविन्द्र चौधरी, इलाम श्रीनन्द–३ घर भई नागार्जुन–३ बस्ने दोर्जे गुरुङ र दक्षिणकाली–१ का राम तामाङ रहेका छन् ।

केही ब्यक्तिहरूले लाग्नेभन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरूलाई तानेर अवरोध गरेको, हैरानी दिइरहेको सूचना प्राप्त भएपछि कालिमाटी वृत्तबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । 

पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध ५ को म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्