०५ साउन २०८३, मंगलबार

पाकिस्तानमा पाँच विद्रोही र एक सैनिकको मृत्यु

असार ३१, २०७९
पाकिस्तानमा पाँच विद्रोही र एक सैनिकको मृत्यु

हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ । सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्त स्थित जिअरात जिल्लामा घटना भएको जनाइएको छ । विद्रोहीहरू लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरूले आक्रमण गरेका थिए ।

पाकिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढ्दै गएको छ । घटनालाई नियन्त्रणमा लिन सरकारले विभिन्न प्रयास गरेपनि परिस्थिति अझै नियन्त्रणमा आउन सकेको छैन ।  

सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीलाई अझ तिव्रताका साथ अगाडि बढाइएको र आफूहरूलाई सफलता प्राप्त भइरहेको दावी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्