२४ जेठ २०८३, आइतबार

भारतद्वारा नेपालका लागि नयाँ राजदूत प्रस्ताव, को हुन् सुहाग ?

कात्तिक २०, २०७४
भारतद्वारा नेपालका लागि नयाँ राजदूत प्रस्ताव, को हुन्  सुहाग ?
काठमाडौं, २० पुस–नेपालका लागि भारतीय राजदूत रणजित रायको कार्यकाल सकिनै लाग्दा भारतले नेपालका लागि नयाँ राजदूतमा सेनाका अवकास प्राप्त अधिकारी पठाउने तयारी गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंह सुहागलाई नेपालको राजदूतका रुपमा पठाउने तयारी भारतीय सरकारले गरेको छ ।

नेपालका लागि भारतीय राजदूत रणजित रायको कार्यकाल सकिनै लाग्दा भारत सरकारले उनको स्थानमा प्रभावशाली व्यक्ति पठाउने तयारी गरेको हो ।

नवभारत टाइम्सका अनुसार पछिल्लो समय चीनको प्रभाव नेपालमा पर्दै गएका कारण त्यस्तो प्रभाव कम गर्ने व्यक्तिको रुपमा उनलाई पठाउने तयारी सरकारले गरेको हो ।

नेपाल र चीनबीच पहिलोपटक फेब्रुअरीमा संयुक्त सैन्य अभ्यास हुने तयारी गरेको भन्दै भारतीयले आपत्ति जनाएका छन् ।

सुहाग मंसिरमा नेपाल आएका थिए । उनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

म्यानमार तथा पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेसँगै सुहाग र भारतीय प्रधानमन्त्रीवीचको सम्बन्ध प्रगाढ रहेको भारतीय सञ्चारमाध्महरुले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्