२५ जेठ २०८३, सोमबार

एमालेले ‘एम अधिकारी’ बनाउन खोजेपछि मनोजद्वारा पद अस्वीकार

एमालेले ‘एम अधिकारी’ बनाउन खोजेपछि मनोजद्वारा पद अस्वीकार

नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्य बनाउन खोजेपछि विराटनगरका मनोज अधिकारीले सो पद अस्वीकार गरेका छन् । ‘एम अधिकारी’ भएको भन्दै मनोजलाई एमालेले सो पद दिन खोजेको यसअघि समाचार सार्वजनिक भएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘एम अधिकारी’ को नाममा अर्थ विभागको सदस्य रहेको खुलासा भएपछि एमालेले मनोजलाई ‘एम अधिकारी’ को रुपमा चिनाउन खोजेको थियो । 

तर, उनले सामाजिक सञ्जालमार्फत एक वक्तव्य निकालेर सो पद धारण गर्न आफू असमर्थ रहेको बताएका हुन् । ‘हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारीज्यू सँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या हैन भनि हाल सम्म यकिन छैन र मनोनित नै भएको हो भने पनि हालको असामान्य परिस्थिति तथा मेरो व्यक्तिगत कारणले म उक्त पद धारण गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सवैमा जानकारी गराउन चाहान्छु ।’

उनले केहि दिन अगाडि पार्टीको अर्थ तथा योजना समितिमा तपाईलाई मनोनयन गरियो भन्ने कुरा पार्टीका जिम्मेवार व्यक्तित्वबाट मौखिक रुपमा जानकारी पाएको उनको भनाइ छ । तर अहिलेको कार्यगत व्यस्तताले गर्दा सो को यथार्थ यकिन गर्न आफू असमर्थ रहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्