१२ असार २०८३, शुक्रबार

आईपीएलका पूर्व अध्यक्षले आमाकी साथीसँग ‘लभ’ परेपछि गरेका थिए विवाह, अब दोस्रो बिहे गर्दै

असार ३२, २०७९
आईपीएलका पूर्व अध्यक्षले आमाकी साथीसँग ‘लभ’ परेपछि गरेका थिए विवाह, अब दोस्रो बिहे गर्दै

इन्डियन प्रिमियर लीग (आईपीएल) का पूर्व अध्यक्ष ललित मोदीले यतिबेला चर्चामा छन् । उनी जीवनको दोस्रो पारी शुरू गर्न खोज्दैछन् । 

मोदीले बलिउड अभिनेत्री सुष्मिता सेनसँग विवाह गर्ने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो शेयर गर्दै सम्बन्धबारे जानकारी दिएका छन् ।

मोदीले सुष्मितासँग विवाह गरेमा यो दोस्रो विवाह हुनेछ । यसअघि मोदीले आफूभन्दा १० वर्ष जेठी आमाकी साथी मीनलसँग पहिलो विवाह गरेका थिए ।

मोदीले सन् १९९१ मा पहिलो विवाह गरेका थिए । दुवैको सम्बन्ध ठीकठाक चलिरहेको बेला सन् २०१८ मा क्यान्सरका कारण मीनलको निधन भएपछि उनी एक्लै थिए । त्यतिबेला मीनलको उमेर ६३ वर्ष थियो ।

मीनलले पहिलो विवाह साउदी अरबका व्यापारी जेक सगरानीसँग गरेकी थिइन् । तर उनी मुद्दा लागेर जेल परेपछि सम्बन्धविच्छेद भएको थियो ।

ललितकी आमा र मीनल मिल्ने साथी थिए । मीनल ललितको घरमा आउजाउ गर्थिन्, त्यसकै क्रममा दुवैको ‘लभ’ पर्‍यो । ललित र मीनलले विवाह गर्ने कुरा गर्दा शुरूमा घरपरिवारले मानेका थिएनन् तर अन्तिममा विवाहका लागि राजी हुनुपरेको थियो । ललित र मीनलका २ बच्चा छन् ।

salt training

कमेन्ट गर्नुहोस्