२५ असार २०८३, बिहीबार

लुम्बिनी प्रादेशिक अस्पतालमा अब रगत पूर्ण निःशुल्क

लुम्बिनी प्रादेशिक अस्पतालमा अब रगत पूर्ण निःशुल्क

सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि अब रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ ।

२०७९ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले बिरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्क निःशुल्क गरेको हो ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार केन्द्रबीच रगतका लागि लाग्ने सबै सेवा निःशुल्क गर्ने सहमति भएको हो ।

अस्पतालका तर्फबाट मेडिकल सुपेरिन्टेन्डेन्ट डा. ईन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने रक्तसञ्चार केन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनीले बताए । 

प्रदेशभर ६० लाख प्वाइन्ट रगत संकलन र व्यवस्थापन रेडक्रसमार्फत भइरहेको भन्दै अब सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क पनि सरकारले दिने भएपछि लुम्बिनीमा रगत पूर्णरूपमा निःशुल्क भएको उनले बताए ।

अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकको सिफारिसमा रक्तसञ्चार केन्द्रले पूर्णरूपमा निःशुल्क रगत उपलब्ध गराउने अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. ईन्द्र ढकालले बताए । यसअघि रगतका लागि आवश्यक पर्ने कभर, ग्रुपिङ, स्टोर म्यापिङ लगायतका काम गर्न ८०० रुपैयाँसम्म शुल्क लाग्ने गर्दथ्यो ।

salt training

कमेन्ट गर्नुहोस्