×

NMB BANK
NIC ASIA

कांग्रेस केन्द्रीय समिति बैठक

चुनावमा गठबन्धन बन्छ, प्रचण्ड र माधवजीलाई सँगै लिएर जाने हो : देउवा

असार ३२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा चुनावमा अहिलेकै सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । उनले संविधानको रक्षाका लागि पनि अहिलेको गठबन्धन चुनावसम्म जाने बताएका हुन् । 

Muktinath Bank

शनिवार साँझ पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकलाई  सम्वोधन गर्दै देउवाले चुनावी तालमेलको विरोध गरेर उग्र क्रान्तिकारीपारा नदेखाउन नेताहरुलाई चेतावनी दिए ।  स्थानीय चुनावमा पनि गठबन्धनका कारण कांग्रेसलाई फाइदा पुगेको भन्दै उनले गठबन्धनको बचाउ गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रचण्डजीलाई गिरिजाबाबुले दिल्ली पुगेर शान्ति प्रक्रियामा ल्याउनु भएको हो, माधवजी केपी ओलीलाई छाडेर आएका हुन् । दुवैलाई छाड्न सक्दिनँ’ देउवाले भने, ‘चुनावमा यही गठबन्धनबीच तालमेल हुन्छ, त्यही अनुसार बुझ्नु ।’प्रधानमन्त्री देउवाले देश आर्थिक संकटमा रहेको समयमा हतियार खरिदको निर्णय नगर्ने बताए । 


Advertisment
Nabil box
Kumari

६०/४० को कुरा पहिलै सकियो
देउवाले पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरे । कांग्रेसमा रहेको ६० र ४० को गुट गिरिजाबाबु र किसुनजीको पालाको भन्दै अहिले त्यसको अस्तित्व नभएको बताए । ‘मेरो एउटै उद्देश्य कांग्रेसलाई देशको पहिलो पार्टी बनाएर सक्षम व्यक्तिलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने हो’ देउवाले बैठकमा भने, ‘नचाहिने कुरामा आलोचना गर्दै गुटको भेला नगर्नुस् ।’

Vianet communication
Laxmi Bank

बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको ६ महिना पूरा हुँदापनि विधान अनुसार चल्न नसकेको भन्दै देउवाको आलोचना गरेका थिए । ‘महाधिवेशनको म्याण्डेट नेतृत्व सुधारियोस् भन्ने थियो । हाम्रो कार्यशैलीमा कुनै सुधार भएन’ थापाले भने । 

पदाधिकारीहरु सहित सभापतिले समेत बोल्ने क्रम सकिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । सोमवार बस्ने बैठकमा भ्रातृ संगठनको विषयमा छलफल र निर्णय हुने उनले बताए । विभिन्न प्रस्ताव पारित गर्दै केन्द्रीय समिति बैठक सोमवार नै सम्पन्न गर्ने कांग्रेसको तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x