३१ असार २०८३, बुधबार

नेपालले स्कटल्याण्डलाई दियो १२९ रनको लक्ष्य

नेपालले स्कटल्याण्डलाई दियो १२९ रनको लक्ष्य
फाइल फोटो

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक १ दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जीतका लागि १२९ रनको लक्ष्य दिएको छ । 

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आइतवार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रनको योगदान दिए । उनले ५८ बल खेल्दै ६ चौकाको मद्दतमा ४० रन बनाएका हुन् । कप्तान सन्दिप लामिछानेले २२ रन जोड्दा विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १०/१० रन जोडे ।

दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७/७ रनको योगदान दिए भने कुशल भुर्तेलले ३ रन जोडे । नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका हमजा ताहिर एक्लैले ४ विकेट लिए भने मार्क वार्टले ३ विकेट लिए । गाभिन मैनले २ विकेट लिँदा क्रिस्टोफरले १ विकेट हात पारे । १२९ रनको विजयी लक्ष्य पच्छाएको स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

सिरिजअन्तर्गत यसअघि नेपालले स्टकल्यण्डलाई ५ विकेटले पराजित गरेको थियो । नेपाल नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४० रन र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । यता स्कटल्याण्डले भने नामिबियालाई दुवै खेलमा हराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्