काठमाडौं — सन् १९९३ मा भारतको मुम्बईमा भएको शृंखलाबद्ध हमलाका आरोपित मुस्तफा दौसा फेरि एकचोटि चर्चामा छन् ।

दौसा प्रहरीको नियन्त्रणमा हुँदाहुँदै पनि पत्नीका साथ रेलमा यात्रा गरेको देखियो ।
सूत्रहरूका अनुसार दौसा र उनकी पत्नी शबीना खत्रीलाई गुजरातको अहमदाबाद स्टेसनमा रेलमा भेटिएको थियो ।
अहमदाबादमा शबीना रेलमा घुसिन् र दौसासँगैको सिटमा बसिन् । त्यतिखेर दौसाले आफ्ना साथीहरूलाई निर्देशन दिइरहेका थिए ।
प्रहरीको नियन्त्रणमा रहेका दौसासँग रहेका सबै प्रहरीहरू अहमदाबाद स्टेसनबाट रेल हिँडेपछि सिटबाट उठे । प्रहरीले यी खुँखार अपराधीलाई विना सुरक्षा छोडिदिए ।
रेल पोरबन्दर पुगेपछि दौसाकी पत्नी अचानक गायब भइन् । उसले त्यसबीचमै पत्नी शबीनासँग हनीमून मनाएका रहेछन् ।
पेशाले मोडेल रहेकी शबीना र दौसाको प्रेमकथा धेरै वर्षसम्म चल्यो । शबीनालाई पहिलोचोटि देख्दा नै दौसा उसको प्रेममा परे ।
उसले आफ्ना समर्थकहरूलाई शबीनाका बारेमा पत्ता लगाउन अह्रायो । शबीना एक बिल्डरकी पत्नी थिइन् र उनको एक बच्चा पनि थियो ।
जेलबाट पेशीका दौरान दौसा एक दिन शबीनालाई भेटेर उसले विवाह प्रस्ताव ग–यो ।
यसपछि दुवैले अदालतमा अर्को पेशीका बेलामा भेट गरेर विवाह गर्ने फैसला गरे ।
उनीहरूको बिहे बान्द्रा अदालतमा प्रहरीको उपस्थितिमा भयो । प्रहरीले दौसालाई हनीमून मनाउनका लागि एकान्त स्थान दिएको थियो ।
सन् १९९३ मा मार्च महिनामा मुम्बईमा भएको शृंखलाबद्ध बम हमलामा २५७ मानिसको मृत्यु भएको थियो भने ३२ करोड रुपैयाँको सार्वजनिक सम्पत्ति नोक्सान भएको थियो ।
यो घटनामा दाउद इब्राहिम, टाइगर मेमन र मोहम्मद दौसा तीन मुख्य आरोपित हुन् । दौसालाई सन् २००३ मा पक्राउ गरिएको हो ।
दैनिक भास्कर