०९ साउन २०८३, शनिबार

तिलोत्तमामा बजेट विवाद : डिएसपी केसीले वडाध्यक्षलाई स्वीमिङ पुलमा फालेपछि...

तिलोत्तमामा बजेट विवाद : डिएसपी केसीले वडाध्यक्षलाई स्वीमिङ पुलमा फालेपछि...

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर चारका अध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले स्वीमिङ पुलमा हुत्याएको छ । तिलोत्तमा एमाले र कांग्रेसका जनप्रतिनिधिबीच बजेटको विवाद चर्किएको बेला प्रहरी हस्तक्षेप भएको हो  । नगर प्रमुख रामकृष्ण खाँणले बहुमत नपुगेको भन्दै आइतबार नगर सभा स्थगित गरेपछि एमालेका जनप्रतिधिले बिरोध गरेको थिए । त्यही बेला हस्तक्षेप गर्दै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले वडाध्यक्ष क्षेत्रीलाई पौडी खेल्ने पोखरीमा फालेका हुन् ।  

भिडियोमा डिएसपीले केसीले लतारेर पुलमा  पल्टाएको देखिएपनि प्रहरीले भने सामान्य धकेलाधकेल भन्दै उम्कन खोजेको छ । डिएसपी केसीले यसलाई सामान्य धमेलाधकेल भएको बताए । वडाध्यक्ष क्षेत्रीले प्रहरीले आफूलाई लछारपछार गरी लात्तीले हानेर पौडी पोखरीमा फालेको आरोप लगाए । 

तिलोत्तमा नगरपालिकाको आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई होतरेर स्वीमिङपुलमा फालेको बताइएको छ। नगरससभा मणिग्राम पार्टी प्यालेसमा आयोजना भएको थियो । 

नगरपालिकाको बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरिरहेका थिए । डिएपीले वडाध्यक्षलाई पानीमा पल्टाएपछि एमालेका अन्य जनप्रतिनिधिले प्रहरी दमनको चर्को विरोध गरेका छन् । एमाले जनप्रतिनिधिले ज्ञवालीको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । 
नगरसभा सुरु भएसँगै मेयरले गणपूरक संख्या नपुगेको भन्दै रोक्न खोजेपछि उपमेयर जागेश्वरी चौधरीसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका हुन् ।  

एमाले प्रदेश सदस्य मोहन चापागाईले गृहमन्त्रीको गृहनगरमा भएको ताण्डवनृत्यले तिलोत्तमावासीलाई आश्चर्यमा पारेको बताएका छन् । ‘प्रशासनको आडमा भएको यो खालको गलत कामले नगरलाई कहाँ पुराउँछ ? गृहमन्त्रीको आडमा यस्ता दम्भले नगरको विकास गर्दैन, दोषीलाई तत्काल कारबाही गरियोस्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्