
कैलालीको मोहन्याल गाउँपालिकाका छैटौं तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आइतवार ३० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घूस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारको प्रारम्भिक जानकारीअनुसार घूससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिसन लिइरहेका थिए ।
अख्तियारले कमिसनको विषयमा गहन अनुसन्धान पनि अघि बढाएको छ ।