भारतको मध्य प्रदेश निकाय चुनावमा पहिलो चरणको मतदानको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) लाई धक्का लागेको छ । भाजपाले ४ सिट गुमाउनुपरेको छ ।
चुनावमा पहिलोपटक आम आदमी पार्टी (आप) ले मेयर पद जितेको छ । चुनावमा भारतीय कांग्रेसलाई समेत फाइदा भएको छ ।
सन् २०१५ मा एक सिट पनि नजितेको कांग्रेसले यसपालि ३ मेयर जितेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइतवार भोपाल, इन्दौर, उज्जैन, जबलपुर, ग्वालियर, बुरहानपुर, सिंगरौली, सागर, सतना, छिन्दवाडा र खंडवामा नगर निगमको नतिजा आएको छ ।