१२ साउन २०८३, मंगलबार

भारतमा आज राष्ट्रपति चुनाव हुँदै, यी २ उम्मेदवारबीच टक्कर

साउन २, २०७९
भारतमा आज राष्ट्रपति चुनाव हुँदै, यी २ उम्मेदवारबीच टक्कर

भारतमा १५औं राष्ट्रपति चुन्न सोमवार चुनाव हुँदैछ । सोमवार बिहान १० बजेदेखि मतदान हुने समय तोकिएको छ ।

चुनावमा सत्तारुढ एनडीएको तर्फबबाट द्रोपदी मुर्मू र विपक्षबाट यशवंत सिन्हालाई उम्मेदवार बनाइएको छ ।

विपक्षका उम्मेदवार सिन्हाले आइतवार अपिल जारी गर्दै अन्तरआत्माको आवाज सुनेर आफूलाई मतदान गर्न अपिल गरेका छन् । सिन्हा कुनै बेला सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मै थिए, सोही कुरालाई सिन्हाले भावनात्मक रूपमा अगाडि सारेका छन् ।

चुनावमा सत्तारुढ बीजेपीसँग ४८% र विपक्षीसँग ५२% भोट रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तैपनि सत्तारुढ पक्षकी उम्मेदवार द्रोपदीले पनि विभिन्न दलको समर्थन जुटाएकी छन् ।

राष्ट्रपतिका दुवै उम्मेदवार मुर्मू र सिन्हा उत्तिकै प्रभावशाली भएकाले चासोका साथ हेरिएको छ । गोप्य मतदाता हुने भएकाले जातीय, क्षेत्रीय, भावनात्मक कुराले मत प्रभावित हुनसक्ने अनुमान गरिँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्