२३ असार २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ। यस्तै प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउासो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरुमा  र बाँकी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरुमा  र बाँकी भूभागका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्