२५ असार २०८३, बिहीबार

जेलेन्स्कीले किन बर्खास्त गरे आफ्ना सुरक्षा अधिकारी ?

साउन २, २०७९
जेलेन्स्कीले किन बर्खास्त गरे आफ्ना सुरक्षा अधिकारी ?

युक्रेनक राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले प्रमख अभियोजनकर्ता इरिना भेनेडित्कोभा र देशको शीर्ष सुरक्षा निकायका प्रमुख इभान बाकानोभलाई पदबाट बर्खास्त गरेका छन् । 

उनीहरू दुवैजनाको विरुद्ध देशद्रोहको आरोप लगाइएको छ । 

आइतवार गरिएको नाटकीय घोषणामा जेलेन्स्कीले ती अधिकारीहरू रुससँग मिलेर काम गरिरहेको पाइएको दाबी गरे । 

‘अहिलेसम्म अभियोजनकर्ताको कार्यालय, पूर्पक्षपूर्वका अनुसन्धान निकाय र अन्य कानून कार्यान्वयन निकायका कर्मचारीहरू विरुद्ध ६५१ वटा फौजदारी मुद्दा दर्ता गरिएको छ,’ जेलेन्स्कीले बताए । 

रुससँग युद्ध चलिरहेको बेलामा कानून कार्यान्वयन तथा सुरक्षा निकायका ६० कर्मचारी रुसले ओगटेको भूभागमा बसिरहेको र युक्रेनविरुद्ध काम गरिरहेको जेलेन्स्कीको दाबी छ । 

‘यत्तिका धेरै कर्मचारीले विभिन्न अपराध गरेको र रुसी समकक्षीहरूसँग सम्बन्ध राखेकाले ती निकायका प्रमुखहरू स्वतः जिम्मेवार हुनेछन्,’ जेलेन्स्कीले बताए । 

भनेडित्कोभालाई ओलेक्सी सिमोनेन्कोले विस्थापित गरेका छन् भने बाकानोभका उत्तराधिकारीको घोषणा गरिएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्