२४ असार २०८३, बुधबार

‘पश्चिमले लामो समयसम्म युक्रेनलाई हतियार उपलब्ध गराइरहन सक्दैन’

साउन २, २०७९
‘पश्चिमले लामो समयसम्म युक्रेनलाई हतियार उपलब्ध गराइरहन सक्दैन’
AP

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको एक प्रमुख ठेकेदार कम्पनीकी सीईओले युक्रेन वा अन्य देशमा लामो समयसम्म द्वन्द्व चलेमा पश्चिमले हतियारहरू उपलब्ध गराइरहन नसक्ने बताएकी छन् । 

फाइनान्सियल टाइम्ससँग कुरा गर्दै केथी वार्डनले पश्चिमी सरकारहरूबाट मागको स्पष्ट संकेत हतियार उद्योगले पाउनुपर्ने बताएकी छन् । 

‘सरकारहरूले युक्रेनलाई कतिञ्जेल सहयोग गर्ने र कति संख्यामा हतियार चाहिने भनी स्पष्ट संकेत दिनु जरूरी छ,’ उनले बताइन् । 

अहिले अमेरिकाको हतियार भण्डारमा रहेका हतियार लामो समयसम्म चल्ने युद्धका लागि भनेर नराखिएको वार्डनले बताइन् । तर युक्रेनलाई दिन भनेर राखिएको हतियार सकिइसकेको चाहिँ छैन भनी उनले व्याख्या गरिन् । 

तर अहिले हतियार छ भन्दैमा सधैं उपलब्ध भइराख्छ भन्ने छैन, उनले बताइन् । पश्चिमी सरकारहरूले अर्को दुई वर्षसम्म युक्रेनलाई हतियार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने त्यत्ति समयका लागि हतियारको भण्डार भरिभराउ राख्न नसकिने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्