१४ असार २०८३, आइतबार

३४ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

३४ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फको प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि ३४ जनाको नाम सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी उपरीक्षक पद (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । 

सिफारिस सूचीको पहिलो नम्बर प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा रहेका छन् । त्यस्तै, दोस्रोमा दीपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की तथा पाँचौमा दुदिमाया लामा रहेका छन् । 

समितिको सोमवार बसेको बैठकले इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । 

हेर्नुहोस् सूची 


 

salt training

कमेन्ट गर्नुहोस्