०६ साउन २०८३, बुधबार

ब्लिट्ज मिडिया र ह्युम्यानीटि युनाइटेडको 'वैदेशिक रोजगार सम्बन्धी अनुसन्धान' सार्वजनिक

ब्लिट्ज मिडिया र ह्युम्यानीटि युनाइटेडको 'वैदेशिक रोजगार सम्बन्धी अनुसन्धान' सार्वजनिक

ब्लिट्ज मिडिया प्रालिले वैदेशिक रोजगार सम्बन्धी अनुसन्धान अध्ययन २०२२ सार्वजनिक गरेको छ ।

काठमाडौंमा नेपाल श्रम आ-प्रवासनमा अनुसन्धान अध्ययन-२०२२" सार्वजनिक  गरिएको हो ।

ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा सो अध्ययन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा दुबई स्थित आप्रवासी कामदार सुष्मा बराल, श्रम आ-प्रवासन विज्ञ डा. गणेश गुरुङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री गोकर्ण विष्ट लगायतले आफ्नो धारणा राखेका थिए।  

अनुसन्धानले नेपाली आप्रवासी जनसंख्या र तिनका परिवारलाई असर गर्ने विभिन्न मुद्दाहरूमा तीनवटा विभिन्न अनुसन्धान शीर्षकहरू राखी खोजी गरेको छ। वैदेशिक रोजगारीका विभिन्न आयामहरू, उनीहरुको आर्थिक र भावनात्मक दायित्वहरू र नेपाल फर्किएपछि पुन: स्थापनाका चुनौतीहरू समावेश गरेको छ।

यसले सुरक्षित आप्रवासका लागि स्थानीय सरकारहरूले खेलेको वर्तमान भूमिकाको जाँच सँगै श्रम आप्रवासनका विभिन्न सरोकारवालाहरूलाई सिफारिसहरू पनि समेटेको छ।

यो अनुसन्धान नेपालभर पुगेर ४०४६ व्यक्ति माझ सर्वेक्षण, १६८ जना सँगको अन्तर्वार्ता र ५६ वटा विभिन्न लक्षित समूहको छलफल बाट तयार गरिएको थियो। अनुसन्धानले भविष्यमा सुरक्षित वैदेशिक रोजगारीका लागि र नेपाली आप्रवासी कामदारहरूप्रति सम्मानजनक व्यवहार गर्न देशको श्रम आप्रवासनका विषयमा थप छलफल बढाउने र वैदेशिक रोजगार मैत्री नीति निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

ब्लिट्ज मिडिया प्रा. लि. पूर्ण एकीकृत अनुसन्धान र मार्केटिङ एजेन्सी हो जसले विभिन्न संस्थाहरूका लागि व्यवसाय र अर्थशास्त्रदेखि समाज र संस्कृतिसम्मका मुद्दाहरूमा सान्दर्भिक अनुसन्धानहरू उत्पादन गर्दै आएको छ। यो विशेष अनुसन्धान स्थायी शान्ति र स्वतन्त्रताको लागि काम गर्ने ह्युम्यानिटि युनाइटेडसँगको साझेदारीमा गरिएको हो।


 

salt training

कमेन्ट गर्नुहोस्