संघीय राजधानी काठमाडौंको व्यस्तमध्येको एक सडक दरबारमार्गकाे पार्किङ क्षेत्रमा खोलिएका क्लव हटाइने भएको छ । दरबारमार्गको पार्किङ क्षेत्रमा खोलिएका क्लवहरू हटाइन लागेको हो ।
उक्त क्लवहरू हटाउने विषयमा ट्राफिक प्रहरी काठमाडौं महागरपालिकाबीच छलफल भएको छ । उक्त छलफलमा काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ क्षेत्रमा खोलिएका क्लवहरू हटाउने सहमति भएको हो ।
डिआजी मीरा चौधरीले दरबारमार्ग क्षेत्रका क्लवहरू हटाउने बारेमा छलफल भएको जानकारी दिएकी छन् । उनले छलफलमा भएको सहमतिअनुसार ती क्लवहरू तत्कालै हटाउन थालिने जानकारी दिइन् ।
पार्किङ क्षेत्रमा खुलेका क्लवका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएकाले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
त्यस्तै, राहदानी विभागले अण्डरग्राउण्डबाट राहदानी वितरण गरिहेकाले त्यसलाई हटाउन पहल गर्ने पनि डिआइजी चौधरीले जानकारी दिइन् ।